सेतो संसार लोर्कापण सम्पन्न

पोखरा, २८ माघ । गायक सङ्गगीतकार सञ्चार उद्यमी एवम् साहित्यकार देशभत्त सिंह कुँवरद्वारा लेखिएको मुत्तक सङ्गह सेतो संसार एक कार्यक्रम गरी लोर्कापन गरिएको छ । डेढ घण्टामा लेखिएको उक्त धारावाहिक मुक्तक संग्रह पोखराको न्युरोडको हिमालय रिडर्स कर्नरमा लोकार्पण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि छन्द बचाउ अभियानका संयोजक, वरिष्ठ साहित्यकार माधव वियोगीले साहित्य आफैमा अनौठो सृजना भएको बताउदै साहित्य जगतमा डेढ घण्टा मा लेखिएको सेतो संसार मुक्तकको इतिहासमा ऐतिहासिक भएको उल्लेख गरे । त्यस्तै सेतो संसार नेपाली मुक्तक इतिहाममा नयाँ सफल प्रयोग र पाठकको मन जित्न सक्ने पुस्तमक भएको समिक्षक युवा साहित्यकार रामजी प्रसाद आचार्यले बताउनुभएको थियो । त्यसैगरि दुर्गा बहादुर शाहा “बाबा”ले सेतो संसार पुस्तक भित्रका सृजनाहरु उत्कृष्ट भएको बताउदै नेपाली मुक्तकमा इतिहास राखेकोमा अन्तर्राष्ट्रिय साहित्य समाजबाट शुभकामना राखेका थिए ।

डेढ घण्टामा लेखिएको उत्त मुत्तक मा आफ्नो अभिभावक पिता वरिष्ठ शिक्षासेवी, साहित्यकार, समाजसेवी क्षेत्र बहादुर कुँवर र माता समाजसेवी रामदेबि कुँवर को सफताको शुभकामना सहित सहयोगले आफ्नो लेखनलाई उर्जा थपेको बताउदै सो कार्यक्रमका सभापति तथा स्रस्टा देशभत्त सिंह कुँवरल आफ्नो कृतिमा सहयोग गर्नहुने सबै लाई धन्यवाद ब्यत्त गरेका थिए । पोखरा वाङमय प्रतिष्ठान कास्कीको आयोजना गरेको कार्यक्रममा स्बागत मन्तय अम्बिका राणाले गरेकी थिईन । त्यस्तै स्रस्टा परिचय सुमन श्रपितले गरेका थिएभने कार्यक्रम संञ्चालन तिर्सना लक्ष्मी गुरुङले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *