स्थानीय निर्वाचनमा नागरिकको भुमिका

स्थानीय निर्वाचनमा नागरिकको भुमिका
***बिरेन्द्र लामिछाने (लेखक)***

साशन सञ्चालनको लागि जनताले आफ्ना प्रतिनिधी छानेर पठाउने माध्यम नै निर्वाचन हो । नागरिकले निर्वाचन मार्फत प्रतिनीधिहरुको चयन गरि सोही प्रतिनीधिहरु मार्फत शासित हुने हो । लोकतन्त्र संस्थागत गर्न निर्वाचन अनिवार्य साधन हो । यसर्थ निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ ।
नेपालको सन्दर्भमा नयाँ संविधानको कार्यान्वयन गर्ने महत्वपूर्ण खुड्किलोको रुपमा स्थानीय तह निर्वाचनलाई लिइएको छ । उन्नाइस वर्षपछि नयाँ संरचना सहितको स्थानीय तहमा हुन लागेको निर्वाचनले जनतामा एक किसिमको उत्साह छाएको छ । देशमा अर्को कुनै चमत्कार नभए यही वैशाख एकतीसमा निर्वाचन हुने निश्चित भएको छ । यधपी निर्वाचनलाई सर्वस्वीकार्य बनाउने सम्बन्धमा देखीएका समस्याहरु कायम नै छन् । देश परिवर्तन र विकासको संघारमा उभिएको छ । अधिकार सम्पन्न स्थानीय तह निर्माण पश्चात मुलुकमा आमुल परिवर्तन हुने विश्वास लिइएको छ । देशभरका ७४४ स्थानीय तह हाँक्न निर्वाचन मार्फत ३४४८८ प्रतिनीधि चुनिदै छन् । यिनै प्रतिनिधिहरुको दक्षता,विज्ञता र इमान्दारीताले विकास र समृद्धिका आधारहरु तय हुनेमा कुनै सन्देह छैन । त्यसैले यो निर्वाचन देश र जनताको लागि ठूलो अवसर हो । सवल र सक्षम सथानीय तह मार्फत मुलुकको फरक चित्र अनुमान गर्न सकिन्छ । सार्वजनिक सेवा प्रवाह सहज र सरल हुनेछ । राज्यले प्रदान गर्ने सुविधामा निम्नवर्गका नागरिकको पनि पहुँच स्थापीत हुनेछ । स्थानीय सक्रियतामा नै उपलब्ध स्रोत र साधनको परिचालन गर्दै नविन सम्भावनाहरुको खोजी गर्न सकिन्छ । स्थानीय तहको प्रभावकारीताले नै विधमान गरिवि, वेरोजगारी लगायतका समस्या समाधानको मार्ग कोर्न सक्छ ।


देश परिवर्तन र विकासको संघारमा उभिएको छ । अधिकार सम्पन्न स्थानीय तह निर्माण पश्चात मुलुकमा आमुल परिवर्तन हुने विश्वास लिइएको छ । देशभरका ७४४ स्थानीय तह हाँक्न निर्वाचन मार्फत ३४४८८ प्रतिनीधि चुनिदै छन् । यिनै प्रतिनिधिहरुको दक्षता,विज्ञता र इमान्दारीताले विकास र समृद्धिका आधारहरु तय हुनेमा कुनै सन्देह छैन । त्यसैले यो निर्वाचन देश र जनताको लागि ठूलो अवसर हो । सवल र सक्षम सथानीय तह मार्फत मुलुकको फरक चित्र अनुमान गर्न सकिन्छ । सार्वजनिक सेवा प्रवाह सहज र सरल हुनेछ । राज्यले प्रदान गर्ने सुविधामा निम्नवर्गका नागरिकको पनि पहुँच स्थापीत हुनेछ । स्थानीय सक्रियतामा नै उपलब्ध स्रोत र साधनको परिचालन गर्दै नविन सम्भावनाहरुको खोजी गर्न सकिन्छ । स्थानीय तहको प्रभावकारीताले नै विधमान गरिवि, वेरोजगारी लगायतका समस्या समाधानको मार्ग कोर्न सक्छ ।


नेपालको इतिहासमा कैंयौ राजनीतिक उपलब्धिहरुले जनताको आकांंक्षालाइ सम्बोधन गर्न सकेको पाइदैन । ठूलो मूल्य चुकाएर ल्याइएका राजनीतिक परिवर्तनहरु निश्प्रभावी बन्दै जाने र मुलुक फगत राजनीतिक प्रयोगशाला बनिरहेको अवस्था विधमान छ । जनताले चाहेको राजनीतिक परिवर्तन पश्चात विकास र समृद्धिको नयाँ चरणमा पुग्नु विश्वको सामन्य नियम हो । यो नियम हाम्रो देशमा अपवाद बनेको छ । सन् १९४७ मा स्वतन्त्र भएको भारत, १९४९ मा जनक्रान्ती सम्पन्न गरेको चीन र सन् १९५१ मा जहाँनीया राणा शासनको अन्त भएपछी प्रजातन्त्रको स्थापना भएको नेपाललाई हामी तुलना गर्न सक्छौं । लगभग एकै समयमा स्वतन्त्र भएका छिमेकी मुलुक र हामिबिच किन यती धेरै अन्तर रु यसको जवाफ आफै खोज्नुपर्ने हुन्छ । आजसम्म राज्य सञ्चालन गरेका दल वा नेतृत्व यसको जिम्मेवारी लिन चाहाँदैनन् । तेज गतिमा दौडिरहेको विश्वलाई पछ्याउने हाम्रो कक्षुवा गतिलाई नै ठूलो उपलब्धि ठान्छन् । यतिबेला स्कुल पढ्दै गर्ने वालकले पनि मेरा लागि यो देशमा केही अवसरहरु हुँदैनन् भन्ने मनोविज्ञान हुर्काइ रहेको हुन्छ । निर्वाचनपूर्व देशमा प्रचुर सम्भावना भएको रटान लगाउने नेताहरु नेतृत्वमा पुगेपछी आफ्नै श्वार्थको खोलभित्र अल्झिने प्रवृती हाम्रो पछौटेपनको कारक हो । हाम्रो नेतृत्वमा समस्यादेखिनु भनेको हामी आम नागरिकमा समस्या रहनु हो । हामीले हाम्रा समस्याको पहिचान गरि स्थानीय निर्वाचनमा प्रस्तुत हुन जरुरी छ ।
हामी जनताले अव नयाँ अठोट गर्नुपर्छ । चुकेको इतिहासबाट पाठ सिक्दै गर्व गर्न लायक इतिहास निर्माण गर्न अग्रसरता देखाउनुपर्छ । हाम्रो नेतृत्वलाई हामी आफैले जवाफदेही बनाउन सक्नुपर्छ । स्थानीय निर्वाचनमा ८० दलले उम्मेदवारको आपुर्ति गर्दै छन् । चुनावी नतिजा आफ्नो पोल्टामा पार्न अनेक हथकण्डा जानेका छट्टुहरु पनि उम्मेदवार बन्न सफल हुन्छन् ।यिनीहरुको छद्यभेषी चरित्रलाइ चिन्नु जरुरी छ । बिचार र योजना सुन्य भएकाहरु पैसा खर्च गरेर जित्न खोज्दै छन् भने हामिले बुझ्नु पर्छकी भ्रष्टाचारको जग खनिंदै छ । जलपान,चियापान,खानपान अनेकथरीका पान आयोजना गरेर जनतालाई हनुमान बनाउन खोज्ने प्रवृति चिर्न जरुरी छ । अव जनता हनुमान बनेर होइन अर्जुनदृष्टिका साथ सवल,सक्षम र दुरदर्शी नेतृत्व स्थापित गर्न जुट्नुपर्छ । अव हामी फोस्रा आश्वासनका पछाडी जिन्दावाद भन्दै दगुर्ने संस्कारको अन्त्य गरौं। राजनीतिक दलहरुलाइ नै विकास र समृद्धिको बहस गर्न जनतामाझ आउन बाध्य पार्नुपर्छ । समुन्नत नेपालको निर्माण गर्न नागरिकहरुको भुमिका प्रमुख रहन्छ । आम नागरिकले निष्पक्ष सक्रियताको अभ्यास गर्न जरुरी छ । निर्वाचनमा पुर्वाग्राही भएर भन्दापनी विवेकसिल भएर मताधिकारको प्रयोग गर्नुपर्छ । अव हामीले विभेदकारी अनौंठो लोकतन्त्र हैन नेपालको जुनसुकै कुनामा हुर्कने सन्तानले पनि समान अवसर पाउने लोकतन्त्र हुर्काउन सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *