हाइवे हरियाली जिरो किमीदेखि विन्ध्यवासिनीसम्मको वृक्षरोपण सम्पन्न

पोखरा, २६ भदौ । पोखरा बागलुङ भूपी शेरचन राजमार्ग जिरो किमीदेखि विन्ध्यवासिनीसम्मको हाइवे दायाँ बायाँ हरियाली अभियान अन्तर्गत वृक्षारोपण गरिएको छ । करीब ९ सय विरुवा रोप्ने कार्यको आज चौथो दिन नेपाली सेना पृतनापति उपरथी देवेन्द्र मेघासी एवं नेपाल प्रहरीका एआइजी कमलसिंह बमबाट पुत्रान्जी विरुवा रोपेर प्रारम्भ भएको थियो ।
वृक्षारोपण अन्तर्गत कपुर, कल्की, समी, राजवृक्ष, गुल्मोहर, पुत्रान्जी धुपी लगायतका विरुवाहरु रहेका छन् । पस्र्याङ्चोकबाट प्रारम्भ भएको आजको कार्यक्रम वडा नं. ४, वडा नं. २ बागलुङ राजमार्ग सडक खण्ड अन्तर्गत भएको थियो ।
कार्यक्रममा पोखरा ४ निवासी शशीधर पराजुलीबाट रु.१५ हजार, गोल्डेन नर्सरी पोखरा ४ बाट रु.५ हजार बराबरको विरुवा, जुरासिक रेष्टुरेण्ट सराङ्कोटबाट १० वटा ट्रिगार्ड, गण्डकी जग्गा तथा आवास विकास संघबाट ८५ हजार बराबरको ट्रिगार्ड र विरुवा तथा लायन्स क्लव अफ पोखरा अन्नपूर्णबाट ५ थान ट्रिगार्ड सौजन्य प्राप्त भएको थियो ।
कार्यक्रमका अध्यक्षता ग्रहण गरेका पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीले वृक्षरोपण गर्ने कार्य भन्दा यसलाई मलजल गरि हुर्काउदै संरक्षण गर्ने कार्य ठुलो भएको बताउदै संरक्षणका लागि स्थानियलाई आग्रह गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पोखरा ४ का अध्यक्ष शंकर प्रसाद बास्तोला, धन्यवाद पोखरा २ का अध्यक्ष रामेश्वर मल्लले राख्नुभएको थियो भने कार्यक्रमको संचालन वडा सदस्य अञ्जु केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *