१५ बर्षिय सुरज खनालको आसु गजल संग्रह लोकार्पण

पोखरा, २६ भदौ । १५ बर्षिय उमेरका सुरज खनालको आसु गजल संग्रह पोखरामा एक कार्यक्रम गरि लोकार्पण गरिएको छ ।जनप्रिय बहुमुखी क्याम्पसका उप प्रमुख कृष्ण गुरुङ र क्याम्पसकै बिज्ञान संकायका कोडिनेटर सालिक राम अधिकारीले उक्त गजल संग्रहको लोकार्पण गरेका हुन । जनप्रिय बहुमुखी क्याम्पसका बिज्ञान संकायका कोडिनेटर सालिक राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै क्याम्पस उप प्रमुख कृष्ण गुरुङले ” १५ बर्षकै उमेरमा साहित्यिक क्षेत्रमा लाग्नु सानो कुरा नभएको र सुरजले आफ्नो कलेजको नाम उच्च रखेसगै क्याम्पसका अन्य विद्यार्थीले सुरजको प्रयासबाट पाठ सिक्नु पर्ने बताएका थिए ।” त्यस्तै कार्यक्रममा बोल्दै संग्रहका रचनाकार खनालले “आफुलाइ कक्षा २ मा रहेको लक्ष्मी प्रसाद देवकोटाको कष्टकर जिवनीले साहित्यिक क्षेत्रमा लाग्न थप उर्जा मिलेको बताए ।” उनी भन्छ्न देवकोटाले कापी,कलम नहुदा त प्रयास गरे भने मैले कापी,कलम,परिवार र साथीहरुको साथ हुँदा प्रयास गर्नु कुनै ठुलो कुरा होइन । उक्त गजल संग्रहमा माया,प्रेम,आमाको पिडा,बिदेशीएकाको पिडा,देशको राजनीति लगायतको बिषय समेटिएको र संग्रहमा ६५ वटा गजल समाबेश गरिएको लेखक खनालले जानकारि दिनुभयो । कार्यक्रममा लेखक संघ कास्कीका सचिब एबम क्याम्पसका नेपाली शिक्षक डा.लक्ष्मी सरन अधिकारी ,शिशु निकेतन मा.बि का नेपाली शिक्षक कृष्ण शर्मा,पुर्ण लामा,सुर्य मोहन खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

खनालको जन्म वि.स २०५८/०५/२९ गते मादी गाउपालिका-११ तोगी,कास्कीमा पिता वेद नाथ खनाल र माता शोभा खनालको माहिलो सन्तान को रुपमा भएको हो ।उनी हाल जनप्रिय बहुमुखी क्याम्पसमा कक्षा ११ मा बिज्ञान संकायमा अध्ययनरत छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *