बस्ती भयो बगर -कविता

***  कविता  ***

भयो बगर, बस्ती भयो बगर,
बस्ने खाने ठेगान छैन, राहतमा ढिलो नगर ।
माच्छापुच्छ्रे गाउँपालिका वडा नँ.पांचमा
बाढिआयो खहरेको हेर मध्यरातमा ।
तीन दिन अघि पैरो गैइ, थुनियछ खोला
रातको बेला घर भित्रको झिक्न नपाइ झोला ।
बस्तु भाउ,बाख्रा पाठा, कुखुरा नि थिए
प्रकृतिले एकै छिनमा कठै पुरिदिय ।
खहरेको ठाडो खोला, ढुङा ल्यायो ठुला
गाडी हिड्ने दुइ ओटा बगाइ लग्यो पुल ।
अन्नपात कति थियो, गरगहना पैसा
पुरिदियो सबै चिज, जिउन कष्ट भै छ ।
तट बन्धन गरि खोलामा बाटो पनि बनाउ
तार ल्याइ, पोल गाडी, बत्ती चालू गराउ ।
बिपतको बेला हो यो, राजनिती न गरौं
सबै मिलि आपत्काललाइ समाधान गरौं ।
न्याय सङ्गत तरिकाले, बाँडौं प्राप्त राहत
यो बेलामा पिडकलाइ नहोस कुनै आहत ।

– उहीँ हुम्देली डि.आर अश्रु

Leave a Reply

Your email address will not be published. Required fields are marked *