कालीगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो : मुख्यमन्त्री गुरुङ

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो बताउनुभएको छ । जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गलगायत योजना समयमै सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्नेमा जोड […]

थप समाचार

काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

पोखरा । नेपाली काँग्रेस स्याङजाका सभापति तथा पूर्व सांसद  कमल पंगेनीको निधन भएको छ । दीर्घाको कार्यक्रममा अचानक बेहोस् भएपछि उनलाई उपचारका लागि कालिका अस्पताल हेलुमा राखिएको थियो । सभापति पंगेनीको हृदयघातका कारण मृत्यु भएको श्रोतले जनाएको छ ।

थप समाचार

असोज २ को समयसीमालाई ख्याल गरी कानून निर्माण गरिने : कानूनमन्त्री ढकाल

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गते अगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज (शुक्रबार) सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । […]

थप समाचार

आन्दोलनका लागि काँग्रेसको भेला

पोखरा । कास्की काँग्रेसले साउन १५ मा पोखरामा गर्न लागेको सरकारको अधिनायकवाद विरुद्वको प्रदर्शनलाई लक्षित गरी पोखरा – १० मा भेला, छलफल र बैठक भएको छ । पोखरा महानगरपालिका भित्रका सवै वडामा आन्दोलन तयारी स्वरुप भेला, छलफल र बैठक गर्ने कास्की काँग्रेसको निर्णय अनुसार पोखरा – १० मा पनि भएको हो । कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलको विशेष उपस्थितिमा […]

थप समाचार

आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक : मुख्य मन्त्री गुरुङ

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उनले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताए । मुख्यमन्त्री गुरुङले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक समृद्धिमार्फत मुलुक समुन्नतीको बाटोमा अघि बढेको उल्लेख गरे । […]

थप समाचार
1 2 3 38