माओवादी केन्द्रबाट पो-लेको मेयरमा विश्वप्रकाश र उपमेयरमा गोमा ढकालको उमेद्वार

पोखरा, १९ बैशाख/नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । सोमबार दिनभरी छलफल गर्दापनि उम्मेद्वार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार विहानै उम्मेद्वारको टुंगो लगाएको हो । लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष […]

थप समाचार

एमालेले कास्कीका ४ वटै गाउँपालिकाको प्रमुख, उपप्रमुखको उमेद्वारको टुङ्गो लगायो

पोखरा, १९ वैशाख/ नेकपा एमाले कास्कीले चारवटै गाँउपालिकाका प्रमुख र उप्रमुखका उम्मेदवार टुङगो लगाएको छ । एमाले कास्कीले रुपा गाँउपालिकाको प्रमुखमा नवराज ओझा र उपप्रमुखमा लालसुब्बा गुरुङलाई उम्मेदवार बनाएको छ । त्यसै गरि अन्नपूर्ण गाँउपालिका प्रमुखमा विष्णु केसी र उपप्रमुखमा सगुन गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै माछापुच्छे गाँउपालिका प्रमुखमा कर्ण गुरुङ र उपप्रमुखमा कृष्ण दवाडीलाई टिकट दिएको छ भने […]

थप समाचार

समाजवादी र नयाँशक्तिबाट पोखराको मेयरमा गुरुङ र उपमेयरमा परियारको उमेद्वार

पोखरा १९ वैशाख/ पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खाती परियारले उमेद्वारी दिने भएका छन् । मेयरमा संघिय समाजवादी फोरमको तर्फबाट हुम गुरुङ र उपमेयरमा नयाँ शक्ति पार्टीको तर्फबाट लक्ष्मी खाती परियार हुन् ।

थप समाचार

पोखराको मेयरमा कांग्रेसबाट रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ

पोखरा, १९ बैशाख । नेपाली कांग्रेसले सोमवार दिउसो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे र उपमेयरमा चन्द्रावती पौडेलको नाम टुङ्गो लगाएपनि अन्तिम समयमा उमेदवार परिवर्तन गरेको छ । मेयरको उमेदवारी पाउने पक्का भएपछि पालिखे पार्टीको आधिकारिक पत्र बुझ्न दिउसो देखि कुरेर बसेका थिए । तर सोमबार राती मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उमेद्वार बनाउने अन्तिम निर्णय गरेको […]

थप समाचार

पोखरा ७ मा एमालेबाट वडाअध्यक्षको उमेद्वार रामचन्द्र बराल

पोखरा, १९ बैशाख ।  एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा रामचन्द्र बरालले उमेद्वारी दिने भएका छन् । एमाले बैठकले उनलाई वडाको अध्यक्षका लागि उमेदवार तय गरेको हो । पोखरामा पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन् । लामो समय देखि एमालेको राजनितीमा सक्रिय रहदै आएका बराल पोखरा ७ मासबारका स्थायी बासीन्दा हुन् ।

थप समाचार
1 31 32 33 34 35 38