देउसी भैलो खेली ‘हाम्रो पोखरा’ समूहले गर्यो वृद्धवृद्धालाई सहयोग

पोखरा । वर्तमान समयमा सामाजिक संजाल प्रयोग कर्ताहरुपनि संजाल मार्फतनै सामाजिक सेवामा समर्पित हुदै आएका छन् । अझ सामाजिक संजालहरु मध्ये पनि फेसबुक बढी प्रचलित माध्यम भएको छ । फेसबुकबाट नै विभिन्न ग्रुप खोली अहिले आवश्यक परेको ठाउमा सहयोग गर्ने क्रम बढ्दो छ । यसैबीच हाम्रो पोखरा नामक फेसबुक गु्रपले पनि पोखरामा रहेको एक वृद्धाआश्रमका आमा बुवाहरुलाई सहयोग गरेको छ । ग्रुपले पोखरा २७ मा रहेको श्री कृष्ण प्रणमी वृद्धाआश्रममा रहेका बुबाआमाहरुलाई खाना खुवाउने, फलफुल, खाद्यान्न, लत्ता कपडा र भाडाकुडा वितरण गरेको छ । ग्रुपले यो भन्दा अगाडी पनि धेरै सहयोग गर्दै आइरहेको छ । देउसी भैलो खेलेर उठाएको रकम एक कार्यक्रम गरि प्रदान गरिएको हो ।

ग्रुपको संस्थापक मध्येकै एक अन्जना पौडेलले वर्तमान समयमा सामाजिक सेवामा युवाहरु सक्रिय हुनुका साथै सामाजिक सञ्जालको सही सदुपयाेग गरेर सेवा गर्न पाउदा आफुलाई साह्रै खुशी लागेको बताएकी छन् । त्यस्तै देउसी भैलो कार्यक्रमका संयोजक केशव आचार्यले आगामी दिनमा पनि आफुहरु सामाजिक सेवामा निरन्तर लागिपर्ने बताएका छन् । कार्यक्रममा ग्रुपका ३५ जना सदस्यशरु सहभागी रहेका थिए । उक्त ग्रुपमा हाल ६५ हजार बढी सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *