भदौरे पञ्चासे महोत्सव तथा तमु ल्होसार पुष १० देखि

पोखरा । भदौरे क्लव र भदौरे आमा समुहको संयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिका–४, भदौरेमा २१ औं भदौरे पञ्चासे महोत्सव तथा तमु ल्होसार हुने भएको छ । पुष १० देखि १५ गते सम्म हुने महोत्सवमा कोदोको परिकार विशेष आकर्षणको रुपमा रहने महोत्सव संयोजक सन्तोष गुरुङ्गले जानकारी दिए ।

त्यसैगरि पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, रस्साकसि लगायतका प्रतियोगिताहरु पनि महोत्सवमा हुने छन् । पुरुष सेभेन ए साइड फुटवलमा प्रथमले नगद ७० हजार तथा द्धितियले नगद ४० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने क्लवका सचिव शक्ति गुरुङ्गले बताए । महोत्सवमा गुरुङ्ग पुरोहित पच्यु तथा क्ल्हेप्रीबाट छ्योप त्हें थासोँ त्हे पुजा गरिने भेला सचिव दिव्य गुरुङ्गले जानकारी दिए । मेलाको तयारी तिब्र पारिएको क्लव अध्यक्ष जिवन गुरुङ्गले जनाए ।